सुरुङमार्ग र परेवाभीर दुवै निर्माणको विकल्प नभएको निष्कर्ष

बाइलाइन नेपाल
२७ भाद्र २०७७, शनिबार १५:३७

हेटौंडा । वाग्मती प्रदेशको गौरवको योजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी –कुलेखानी–सुरुङ मार्ग र परेवाभीरको बिषयमा दशै लगत्तै कहिलेसम्म बन्छ भन्ने टुङ्गोमा पुग्ने जनाइएको छ । रेडियो बुलेटिनले परेवाभीर र भीमफेदी–कुलेखानी सुरुङ मार्ग कहिले बन्छ भन्ने बिषयमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रम दुव्ै आयोजना निर्माण हुने जनाइएको हो ।

कार्यक्रममा प्रदेश सरकार सकारात्मक रहेको वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले बताए । मुलुक अब सुरुङमार्गको युगमा प्रवेश गर्ने भौतिकउनले उल्लेख गरे । विस २०१९ सालमै चुरियामाइमा सुरुङ मार्ग बनि सकेको अवस्थामा प्रदेश सरकारले अब जसरी पनि पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माण गर्ने दाबी मन्त्री फुँयालले बताए । यसका लागि परामर्शदाता चयन गर्न अन्तर्राष्ट्रिय बोलपत्रको आव्हान गरिसकिएको पनि जानकारी दिए ।

नेपाल पूर्वाधार कम्पनीको बारेमा के गर्ने भन्ने बिषयमा संघीय सरकारसँग छलफल चलिरहेकोले दशै अगावै यो बिषयले टुङ्गो लाग्ने उनले उल्लेख गरे । कम्पनीले जनतासँग लिएको रकम के हुने बिषयमा पनि निर्णय गरिने उनको भनाई छ ।

यसैगरी परेवाभीरको सन्दर्भमा भूगर्वविद र प्राविधिक अध्ययनको निष्कर्षपछि मात्रै प्रदेश सरकारले कसरी यो बाटोको निर्माणमा सहयोग गर्ने भन्न सकिने बताए । अहिले नै परेवाभीर भएर बाटो बन्ने नबन्ने भन्न नमिल्ने मन्त्री फुँयालले उल्लेख गरे । उनले प्रदेश सरकारले स्थानीय सरकार र संघीय सरकारसँग मिलेर काम गर्न चाहेको बताए ।

यसैगरी संघीय सांसद बिरोध खतिवडाले तीनै तह मिलेर २–२ करोड लगानी गर्ने हो भने परेवाभीर बन्न केही समस्या नभएको बताए । उनले संघीय सरकार र स्थानीय सरकारले २–२ करोड लगानी गरिसकेकोले अब प्रदेशले बाँकी दायित्वको जिम्मेवारी लिएर परेवाभीरको बाटो निर्माण गर्न आग्रह गरे । साथै उनले सुरुङमार्गको बिषयमा काम चाडै सम्पन्न गर्ने गरी प्रदेश सरकार अगाडि बढ्नुपर्ने उनको धारणा छ ।

यस्तै प्रदेशका प्रत्येक क्षेत्रमा रणनीतिक सडक आवश्यक पर्ने भएकोले परेवाभीर बन्नुपर्छ भनेको स्मरण गर्दै वाग्मती प्रदेश प्रमुख प्रतिपक्ष दल संसदिय दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले काम गरे काम गरेको हेर्ने, सरकारले काम नगरे सरकारलाई फेर्ने गरी जनता लागेको बताए । नेकपाका वाग्मती प्रदेशसभाका प्रमुख सचेतक केशवराज पाण्डेले छोटो बाटोमात्रै नहेरेर सुगमता पनि हेर्नुपर्ने भएकोले सबै हिसाबले अध्ययन गरेर मात्रै निष्कर्षमा पुग्न सबै पक्षलाई आग्रह गरे । उनले एकले अर्कालाई निषेध हैन सहयोग गरेर विकासको बाटोमा अगाडि बढ्नुपर्ने बताए ।

यसैगरी, गाउँलाई शहरसम्म जोड्न पनि यो परेवाभीर बन्नु पर्ने प्रदेश सभासदस्य ओम बहादुर ग्लानको भनाई छ । उता प्रदेश सभासदस्य सन्तबहादुर प्रजाले फरक पार्टीले गाउपालिका र प्रदेशमा निर्वाचन जितेकोले बजेट नदिएको आरोप लगाए । प्रदेश सभासदस्य प्रभात तामाङले प्रदेश सरकारले सुरुङमार्ग बनाउनेमा शङ्का व्यक्त गरे । बनाउने नियतले काम शूरु गरेको भए नयाँ ठाउँमा नहेरेर किन निजी कम्पनीले ठेक्का पाएकै ठाउँमा बनाउने भनेर घोषणा गरेको प्रश्न गरे ।

कार्यक्रममा बोल्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मकवानपुरको कैलास गाउँपालिका, राक्सिराङ गाउँपालिका, मनहरी गाउँपालिका र धादिङको रोराङ गाउँपालिकासमेतलाई फाइदा पुग्ने भएकोले यो सडक निर्माण गर्नुपर्छ भनेर आफुहरु लागेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य रमेश पौड्याल, नेपाल पूर्वाधार बिकास कम्पनीका पूर्व अध्यक्ष कुश कुमार जोशी, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, कैलास गाउपालिकाका अध्यक्ष टंक मोक्तान, मनहरी गाउपालिकाका अध्यक्ष एकराज उप्रेतीलगायत सहभागी रहको थियो ।

कार्यक्रम रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिकुमार खातीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सहजीकरण मसान उपासकले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*