आजबाट हेटौंडामा जोरबिजोर प्रणाली लागु

बाइलाइन नेपाल
२६ भाद्र २०७७, शुक्रबार ०७:१४
फाइल तस्वीर

हेटौंडा । आज शुक्रबारबाट हेटौंडामा सञ्चालन हुने निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजबाट असोज ५ गतेुम्म हेटौंडामा गतेको आधारमा जोरबिजोर प्रणाली कायम गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखा पर्न थालेपछि प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो बनाउने क्रममा निजी सवारीसधानमा जोरबिजोर प्रणाली ल्याएको छ । सार्वजनिक यातायातका साधनमा भने रोक लगाइएको छ । गतेको आधारमा आज हेटौंडामा जोर नम्बर भएका सवारीसाधन चल्न पाउने भएका छन् ।

जोरबिजोर प्रणाली कायम गर्न हेटौंडाको विभिन्न नाका र स्थानमा ट्राफिकसहित जनपथ प्रहरी खटिने भएका छन् । जोरबिजोर प्रणालीलाई पूर्ण रुपमा पालना गराउने मकवानपुर ट्राफिक प्रहरी प्रमुख हरिविष्णु ढकालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*