मकवानपुरमा एकै दिन ५१ जनामा कोरोना संक्रमण (पुरा विवरणसहित)

बाइलाइन नेपाल
२५ भाद्र २०७७, बिहीबार २१:००

हेटौंडा । मकवानपुर जिल्लामा बिहीबार सार्वजनिक गरिएको रिपोर्टमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा ३४ जना पुरुष र १७ जना महिला रहेका छन् । आयुर्वेद्ध तथा जनसंख्या प्रर्वद्धन शाखा हेटौँडाले दिएको जानकारी अनु्सार आज आएको रिर्पोटमा ५१ जनामा पोजेटिभ देखिएको हो ।

आज संक्रमण पुष्टि हुनेहरुमा राक्सिराङ गाउँपालिकाका ६ जना, बकैयाँ गाउँपालिकाका १ जना, मकवानपुरगढी गाउँपालिकाका एक जना, सिन्धुली घर भएका हेटौंडामा कार्यरत १ जना, हेटौंडा औद्योगिक क्षेत्रका मजदुर तथा हेटौंडा वडा नम्बर ८ का संक्रमित गरेर १० जना र अरु सबै हेटौंडा उपमहानगरपालिका क्षेत्रका संक्रमित रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । यही भदौ २२, २३ र २४ गते स्वाब दिएकाहरुको रिपोर्ट आज प्राप्त भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*