मकवानपुरमा बुधबार थपिए ४६ जना कोरोना संक्रमित, ३९ जना हेटौंडाका मात्र

बाइलाइन नेपाल
२४ भाद्र २०७७, बुधबार २०:३४

हेटौंडा । मकवानपुरमा बुधबार मात्रै ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार दिउँसो र बेलुकी सार्वजनिक गरिएको रिपोर्टमा ४६ जना संक्रमित थपिएका हुन् ।

बेलुकी सार्वजनिक गरिएको रिपोर्टका ३२ जना हेटौंडा उपमहानगरपालिकामा बसोबास गर्नेहरु रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईँले बताए । जसमा पुरुष १८ र महिला १४ जना रहेका छन् । जसमा वडा नम्बर ९ मा ८ र १० मा मात्र ७ जना संक्रमित थपिएका छन् । भदौ २२ गते संकलन गरिएको १४६ जनाको स्वाब मध्ये आज ११६ जनाको परीक्षण गर्दा ८६ जनाको नेगेटिभ आएको जनाइएको छ ।

यसैगरी बुधबार दिउँसोको रिपोर्टमा मकवानपुरको १४ जनामा कोरोना संक्रमण भएको थियो । जसमा ७ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका थिए भने अन्य थाहा नगरपालिका, मनहरी र राक्सिराङ गाउँपालिकाका रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*