काँग्रेस नेता पराजुलीले गरे कोरोना भएबापतको बिमा रकम सामाजिक काममा सहयोग

बाइलाइन नेपाल
२४ भाद्र २०७७, बुधबार १८:५५

हेटौंडा । नेपाली कांग्रेस हेटौंडा नगरसभापति आनन्दराम पराजुलीले कोरोना बिमा बापतको प्राप्त एक लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गरेका छन् । केहीसमयअघि मात्र कोरोनामुक्त भएका पराजुलीले कोरोना बिमाबापत प्राप्त रकम विभिन्न ठाउँमा सहयोग गरेका हुन् ।

पराजुलीले बिमाबाट प्राप्त रकम मध्ये हेटौंडा वडा नम्बर ६ का ५० जनाको कोरोना बिमा गरिदिएका छन् भने कोरोना संक्रमण भइ निको भएका ३ पत्रकारलाई जनही ५ हजारका दरले १५ हजार रूपैयाँ हस्तान्तरण गरेका छन् ।

त्यस्तै हेटौंडा–५ मा संचालित फुड बैंकलाई १५ हजार र कोरोना संक्रमित प्रहरी र थुनुवालाई पोषिलो खुराकका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् । कोरोना संक्रमितहरूको प्रोत्साहन र कोरोना विरूद्धको अभियानमा सहकार्य गर्ने उद्देश्यले सहयोग गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*