प्रशासनले गर्दैछ यस्तो निर्णय,भोलीदेखि हेटौंडामा कुनकुन क्षेत्र खुल्ने ?

बाइलाइन नेपाल
२४ भाद्र २०७७, बुधबार ०८:५२
फाइल तस्वीर

हेटौँडा । कोरोना संक्रमित देखा पर्न थालेपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हेटौंडा उपमहानगरपालिका भित्र बजार सञ्चालनमा समय थप गर्ने तयारी भएको छ । खुकुलो बनाएर निषेधाज्ञालाई निरन्तरता दिएको प्रशासनले भोली भदौ २६ गतेबाट व्यापार व्यवसाय सञ्चालनमा थप सहजता बनाउने तयारी भइरहेको जनाइएको छ ।

प्रशासनले भदौ २५ गतेसम्म बजार बिहान १० बजेसम्ममात्र खोल्न पाउने निर्णय गरेको थियो । प्रशासनमा आज हुने बैठकले हेटैंडा उपमहानगरपालिका क्षेत्रमा रहेका बजारहरु दिउँसो ३ बजेसम्म सञ्चालन गर्न दिने निर्णय हुने जनाइएको छ । बजार सञ्चालनको समय थप्ने विषयमा छलफल भएको र आज निर्णय हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । उनले सुरक्षा सावधानी अपनाएर व्यापार व्यवसाय गर्ने समय थप्ने विषयमा छलफल विभिन्न सरोकारवालसँग छलफल भइरहेको जानकारी दिए ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आज बस्ने बैठकले निषेधाज्ञालाई थप खुकुलो बनाउँदै हेटौँडा उपमहानगरपालिका क्षेत्रमा व्यापार व्यवसाय सञ्चालनको समयअवधि बढाउन प्रशासनलाई सिफारिस गर्ने जनाइएको छ ।

लामो समयसम्म बजार बन्द हुँदा व्यवसायी मारमा परेको, चाडपर्व नजिकिँदै गएको भन्दै व्यवसाय गर्ने अवधि बढाउन सुझाव आएकाले त्यही अनुसारको निर्णय हुने सम्भावना रहेको उल्लेख छ । कोरोना संक्रमणको कारण गतसाउन २६ गतेबाट भदौ १५ सम्मको निषेधज्ञा र भदौ १५ पछि २५ गतेसम्मको बिहान १० बजेसम्म मात्र हेटौँडामा ब्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

सार्वजनिक यातायात शैक्षिक क्षेत्र, पुस्तकालय शैलुन, ब्युटिपार्लर, खेलकुदका गतिविधिलगायतका क्रियाकलापमा भने रोक लगाइने जनइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*