हेटौंडामा आजबाट निःशुल्क खाना खुवाइँदै

बाइलाइन नेपाल
२४ भाद्र २०७७, बुधबार ०७:४५
फाइल तस्वीर

हेटौंडा । कोरोना भाइरसका कारण प्रशासनले लगाएको निषेधाज्ञाका कारण प्रत्यक्ष असरमा परेका नागरिकलाई लक्षित गर्दै हेटौंडामा आज वुधबारबाट निःशुल्क खाना खुवाइने भएको छ । परशुराम स्मृति प्रतिष्ठान तथा मकवानपुर जिल्ला फुटबल संघको संयुक्त आयोजनमा भोलिबाट हेटौँडाको हुप्रचौरमा निःशुल्क खाना खुवाउन लागिएको हो ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउन, निषेधाज्ञा लगायतका समस्याले मारमा परेका मजदुर वर्गको लागि खाना खुवाउने कार्यक्रम गर्न लागिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताए ।

लामाको अनुसार आजबाट विहान १० बजेबाट दिउँसो २ बजेसम्म हेटौंडा उपमहानगरपालिका वडा नं ४ स्थित हुप्रचौर परिसरमा निःशुल्क खानाको व्यवस्था गरिनेछ । कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने लामाको भनाइ छ । कार्यक्रमको विषयमा जानकारी दिँदै प्रतिष्ठानका सन्तोष गौतमले बुवाको स्मृतिमा स्थापना भएको प्रतिष्ठान सँधै सामाजिक काममा लागिरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*