मकवानपुरमा ८० जनालाई कोरोना संक्रमणको पुष्टि

बाइलाइन नेपाल
२२ भाद्र २०७७, सोमबार १२:१३

हेटौंडा । मकवानपुरमा २४ घण्टामा अहिलेसम्मकै धेरै जना कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा आइसोलेसन वार्डका अनुसार मकवानपुर जिल्लामा २४ घण्टाभित्रमा ८० जनामा संक्रमण पुष्टि भएको हो ।

हेटौंडा–१० मा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ ७२ जनामा र चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबको सोमबार बिहान प्राप्त रिपोर्टअनुसार मकवानपुरको ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौंडामा गरिएको परीक्षणमा प्राप्त नतिजाअनुसार जिल्लामा फेला परेका ७२ जनामध्ये ६२ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । भदौ १९ गते संकलन गरिएको २७५ जनाको स्वाब परीक्षण गर्दा ७२ जनामा कोरोना संक्रमण देखा परेको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

चौलागाईंका अनुसार संक्रमण पुष्टि हुनेमा २ वर्षका बालकदेखि ७३ वर्षका वृद्धासमेत रहेका छन् । हेटौंडामा संक्रमित पुष्टि भएकामध्ये ४३ जना पुरुष र २९ जना महिला रहेका छन् । हेटौंडा उपमहानगरपालिकासँगै कैलाश गाउँपालिकाका ४ जना, मकवानपुर गढी गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिका क्षेत्रका ४ जना रहेका छन् ।

चितवनमा गरिएको पीसीआर परीक्षणबाट हेटौंडा–३ का २८ वर्षीय पुरूष, हेटौंडा–५ का २८, ३१ र ३३ वर्षीय पुरुष, हेटौंडा–८ का २६ वर्षीय पुरूष र ३२ वर्षीया महिला, मनहरी–६ की ८६ वर्षीया वृद्धा र बकैया–६ का ३३ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको केन्द्रका डा. नवीनकुमार चौधरीले जानकारी दिए । उनीहरुको भदौ १९ र २० गते स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको हो ।-ईकान्तिपुर डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*