आज चेपाङ समुदायको मुख्य पर्व न्वागी मनाईंदै, राक्सिराङ गाउँपालिकाले दियो सार्वजनिक बिदा

बाइलाइन नेपाल
२२ भाद्र २०७७, सोमबार ११:३९
तस्वीरः राक्सिराङ गाउँपालिका

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज सार्वजनिक विदा दिएको छ । सिमान्तकृत चेपाङ समुदायको मुख्य पर्व सोनाम न्वागीको अवसरमा गाउँपालिकाले आज सोमबार सार्वजनिक विदा दिएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक सूचना जारी गर्दै चेपाङ जातिको बाहुल्यता रहेको गाउँपालिकामा सोनाम न्वागीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएका छन् । कोभिड–१९ को उच्च जोखिम रहेकाले भौतिक दूरी कायम गरी भीडभाड नगरी पर्व मनाउन पनि सूचनामा भनिएको छ । सोनाम न्वागीको अवसरमा अध्यक्ष मल्लले सम्पूर्ण चेपाङ समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै राक्सिराङ गाउँपालिका–७ स्थायी निवासी बागमती प्रदेशका प्रदेशसभा सांसद सन्तबहादुर प्रजाले पनि चेपाङ समुदायको महान चाड सोनाम न्वागीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सांसद प्रजाले सोमबार एक शुभकामना वक्तव्य जारी गर्दै कोरोना भाइरसको महामारीका बीच सुरक्षित भई आफ्नो परम्पराअनुसार चाड मनाउन चेपाङ समुदायलाई आग्रह गरेका छन् ।

नेपालका चेपाङ समुदायले हरेक वष्र्वा भदौ २२ गतेका दिन सोनाम न्वागी पर्व मनाउने गरेका छन् । प्रकृतिको पूजा गर्दै नया“ फलेका अन्न खाएर सिमान्तकृत आदिवासी जनजाति चेपाङ समुदायले आफ्नो सांस्कृतिक पर्व न्वागी ९सोनाम० मनाउने गर्छन् । यस दिन चेपाङ समुदायका प्र्रत्येक घरमा रातभर एकपाखे ढ्याङ्ग्रो ठोक्ने र देवी देवता मनाउने चलन छ ।

फलेका अन्न तथा फलफूल तरकारी न्वागीकै दिन चेपाङका पण्डित पाण्डेमार्फत देवी देवतालाई चढाएर मात्र उनीहरुले खान सुरु गर्ने गर्दछन् । वर्षायाममा फल्ने काँक्रो, करेला, गाभा, निबुवा, कागतीलगायतका तरकारी तथा फलफूल चेपाङ समुदायले न्वागीमा देवतालाई चढाएपछि मात्र खान सुरु गर्छन् ।

हरेक वर्ष भदौ २२ गतेका दिन न्वागी (छोनाम) पर्व मनाउने चलन छ । प्रकृतिसँग रमाउने र प्राकृतिक उत्पादनमा रमाउने चेपाङ समुदायको बसोबास लमजुङ, तनहुँ, गोरखा, चितवन, धादिङ र मकवानपुर छ ।

राक्सिराङ गाउँपालिकाले दिएको शुभकामना सन्देश
चेपाङ समुदायले मनाउने छोनाम (न्वागी) पर्वको अवसरमा सम्पूर्ण चेपाङ समुदाय एवं राक्सिराङ्ग गाउँपालिकाबासीहरुलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

घरमा नयाँ अन्न भित्रिएको खुशीयालीमा मनाइने छोनाम ९न्वागी० पर्व चेपाङहरुले मनाउने गर्दछन् । चेपाङ पाण्डे ९पुजारी० हरूले रातभर एकपाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा (पितृ मन्छाउँदै) प्रकृतिलाई पूजा गरेर छोनाम अर्थात न्वागी पर्व मनाउँछन् । उनीहरुको हरेक वर्ष घिरौंला, निबुवा, घैया धान, पिँडालु, गाभा जस्ता नयाँ अन्नबाली, तरकारी खान पूजा गर्नुपर्ने नियम छ । नयाँ बाली खान यो पूजा गरेर पर्व मनाइन्छ । यो पूजा नगरेसम्म नयाँ बाली खान नपाइने र रोग व्याध लाग्ने उनीहरुको परम्परा एवं विश्वाश रहेको छ ।

राति केरा, पिँडालु, घिरौला, निबुवा, घैया धान घरमा भित्र्याएर सबै राखेर पूजा गरेर ढ्यांग्रो बजाउँदै न्वागी फलाक्ने गरिन्छ भने बेलुका देखि सुरु हुने पूजा रातभरि गरेर विहान सुझाइबुझाई गरेपछि खानेकुरा खाने गरिन्छ ।

पूजा मार्फत् नै घरमा भित्रिएका अन्न कुलदेवतालाई चढाउने गरिन्छ । चेपाङ जातिले मान्ने देवीदेवता, पितृ सबैलाई चढाएर मात्र खाने गर्दछन । चेपाङ समुदायले न्वागी पर्वमा आफूले उब्जाएको अन्नले वर्षभरि खान पुगोस् भनेर कामना गर्छन् । न्वागीमा आफन्तहरु जम्मा भएर पूजा गर्ने, ढ्यांग्रो बजाउने, आपसमा खुशीयाली साटासाट गर्छन्, ।

न्वागी फलाक्ने काम ‘पाण्डे बा’ वा ‘पाण्डे आमा’ ले गर्छन् । परम्पराअनुसार देउताले रचेर बास दिएका व्यक्तिलाई मात्र पाण्डे बा, पाण्डे आमा भनिने चेपाङ समुदायको भनाइ छ ।

न्वागी पर्वमा सामूहिक भोज खाने, नाचगान गर्दै रमाइलो गर्ने गरिन्छ। न्वागीलाई चेपाङ जातिले सबैभन्दा ठूलो पर्वका रुपमा मनाउँछन् । दसैं, तिहार लगायतका पर्व मनाउने चेपाङ जातिले भुँयार, वायु पूजा गर्छन्।

यस बर्ष कोभिड १९ को सङ्क्रमणको जोखिम रहेकाले आफ्नो धर्म, संकृति, परम्परा जोगाउन आ(आफ्नो घरमै बसी विधि पुर्याई पर्व मनाउनुहुन अनुरोध गर्दछौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*