मकवानपुरमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, हेटौंडा उपमहानगरपालिकामा मात्र ६२ जना

बाइलाइन नेपाल
२१ भाद्र २०७७, आईतवार १८:२०
फाइल तस्वीर

हेटौंडा । मकवानपुर जिल्लामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । आज सार्वजनिक गरिएको रिपोर्टमा मकवानपुर जिल्लामा ७२ जना संक्रमित फेला परेका हुन् । मकवानपुर जिल्लामा फेला परेका ७२ जना मध्ये ६२ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

भदौ १९ गते संकलन गरिएको २७५ जनाको स्वाब परीक्षण गर्दा ७२ जनामा कोरोना संक्रमण देखा परेको उपमहानगरपालिकाका जनस्वास्थ्य निीक्षक भोला चौलागाईंले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा २ वर्षका बालक देखि ७३ वर्षका वृद्धा समेत रहेको उनले बताए ।

आज पुष्टि भएका संक्रमितमा ४३ जना पुरुष र २९ जना महिला रहेका छन् । हेटौंडा उपमहानगरपालिकासँगै कैलाश गाउँपालिकाका ४ जना, मकवानपुर गढी गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिका क्षेत्रका ४ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*