हेटौंडामा आज थपिए १९ जना कोरोना संक्रमित (कुन वडामा कति ?)

बाइलाइन नेपाल
१९ भाद्र २०७७, शुक्रबार १६:३८

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा आज शुक्रबार १९ जना संक्रमित थपिएका छन् । हेटौंडा उपमहानगरपालिकामा बसोबास गर्ने ७ वटा वडाका गरी १९ जनामा संक्रमण देखा परेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

भदौ १७ गते संकलन गरिएको ११७ जनाको स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए । जसमा १० जना महिला र ९ जना पुरुष रहेका छन् । थपिएका मध्ये सबैभन्दा धेरै वडा नम्बर ४ मा ५ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*