हेटौंडाकी कोरोना संक्रमितको चितवनमा मृत्युु

बाइलाइन नेपाल
१९ भाद्र २०७७, शुक्रबार १६:२७

हेटौंडा । हेटौँडा उपमहानगरपालिका–११ की ५२ बर्षीय महिलाको उपचारका क्रममा निधन भएको चितवन मेडिकल कलेजले जनाएको छ । कोरोना संक्रमणको पुष्टि भएकी उनको भेन्टिलेटरमा राखी उपचार भइरहेकोमा शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

चितवनमै पहिलो पटक भरतपुरस्थित चितवन मेडिकल कलेजमा उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको थियो । सास फेर्न गाह्रो हुने र छाती दुख्ने समस्या भएपछि महिला भदौ ११ गते चितवन मेडिकल कलेजमा उपचारका लागि पुगेकी थिइन् ।

आइसियूमा उपचाररत उनमामा भदौ १२ गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । डा. शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले संक्रमित महिलामा प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो ।

योसँगै कोरोना संक्रमणबाट मकवानपुरमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्यु हुने सबै जना हेटौंडा उपमहानगरपालिका भित्रका रहका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*