मकवानपुरमा ४ सय ८ जनाले जिते कोरोना

बाइलाइन नेपाल
१९ भाद्र २०७७, शुक्रबार १५:४०

मकवानपुरमा कोरोना संक्रमित बढ्दै गएका छन् । साउन अन्तिम सातादेखि संक्रमित दैनिक बढिरहेका हुन् । कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या पनि बढिरहेको छ । मकवानपुरमा हालसम्म ४ सय ८ जनाले कोरोना जितेको जनस्वास्थ्य कार्यालय हेटौँडाले जानकारी दिएको छ । पछिल्लो समय संक्रमित बढिरहँदा निको हुने पनिको संख्या पनि बाक्लिँदै गएको हो ।

मकवानपुरमा १६ भदौदेखि आज शुक्रबारसम्म ८२ जना कोरोना मुक्त भएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । कोरोनामुक्त भएकाहरु सरकारले सञ्चालन गरेको आइसोलेसन वार्ड र आफ्नै घरमा उपचाररत थिए ।

जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ५ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मकवानपुरमा सक्रिय संक्रमितको संख्या १ सय ७६ रहेको छ । जसमध्ये ६० जना आइसोलेसन वार्डमा बसिरहेका छन् ।  गौरिटार आइसोलेसनमा ५६ र कर्रामा १, मनहरी आइसोलेसनमा ३ जना उपचाररत छन् ।

मकवानपुरमा १ सय १३ जना संक्रमित स्वास्थ्यकर्मीसँगको नियमित सम्पर्कमा रहेर होम आइसोलेसनमा बसिरहेका छन् । जसमध्ये हेटौँडा उपमहानगरपालिकाका १ सय १० र मकवानपुरगढी गाउँपालिकाका ३ जना छन् । उपचाररत संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*