हेटौंडामा आज १५ जना कोरोना संक्रमित थपिए, मकवानपुरमा ५९१ जना पुगे

बाइलाइन नेपाल
१८ भाद्र २०७७, बिहीबार १५:१२
फाइल तस्वीर

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा आज १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आयुवेद तथा जनस्वास्थ्य प्रर्वदन शाखा मकवानपुरले बिहिबार दिउँसो सार्वजनिक गरेको रिपोर्ट अनुसार १५ जना नै हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।

भदौ १६ गते संकलन गरिएको ८१ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा संक्रमण देखा परेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । जसमा ८ जना पुरुष र ७ जना महिला रहेका छन् । आजको रिपोर्टमा सबैभन्दा धेरै संक्रमित हेटौंडा–१० का ६ जना रहेका छन् ।

आज बिहिबार थपिएका १५ जनासहित मकवानपुरमा कोरोना संक्रमितको संख्या ५९१ जना पुगेको छ । मकवानपुरमा पछिल्लो समय स्वाब परीक्षण गराउने सर्वसाधारणको संख्यामा कमी आएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*