आन्दोलनमा उत्रिए मकवानपुरका निजी विद्यालयका शिक्षकहरु (आन्दोलनका कार्यक्रमसहित)

बाइलाइन नेपाल
१८ भाद्र २०७७, बिहीबार ०६:५८

हेटौंडा । निजी विद्यालयले नयाँ शैक्षिक सत्रको मासिक शुल्क उठाउन सरकारले ठोस अवधारणा नल्याएका कारण आर्थिक भार परेको भन्दै प्याब्सन मकवानपुरले भदौ महिनादेखि शिक्षक कर्मचारीको तलब दिन नसक्ने बताएपछि शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् ।

भदौ १३ गते शनिबार प्याब्सन जिल्ला समिति र हेटौंडा नगर सम्तििले विज्ञप्ती जारी गर्दै शुल्क नउठ्दा आर्थिक भार थेग्न नसकेका कारण तलब दिन नसक्ने बताएको थियो । भदौ १४ गते संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु) जिल्ला समिति र हेटौंडा नगर समितिले प्याब्सनलाई तीन दिन भित्र निर्णय फिर्ता लिन आग्रह गर्दै नत्र आन्दोलनमा उत्रने चेतावनी दिएको थियो ।

इष्टुले दिएको तीन दिनको अवधीमा पनि प्याब्सन मकवानपुरले आफ्नो निर्णय फिर्ता नलिएपछि निजी विद्यालयका शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएका छन् । भदौ १७ गते बसेको इष्टुको भेलाले आन्द्योलनको कार्यक्रमहरु तय गरेको छ । इष्टु जिल्ला अध्यक्ष सचिन लामा र हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष सिएम रिमालद्वारा जारी विज्ञप्तीमा प्याब्सनलाई दिएको समयसिमामा निर्णय फिर्ता नलिएकाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको उल्लेख छ ।

इष्टुको आन्दोलनका कार्यक्रम यस्प्रकार रहेका छन् । १. मिति २०७७ भाद्र २० गते बिहान ८ बजे प्याब्सन कार्यालयमा तालाबन्दी, २. मिति २०७७ भाद्र २१ गतेबाट २०७६ साल चैत्रसम्मको तलब निकासी नगर्ने विद्यालयहरुको नामावली प्रत्येक दिन प्रकाशन गर्दै सेवा सुविधा निकासीका लागि ३ दिनको समयावधि दिने र त्यसो नभए सम्बन्धित विद्यालयमा तालाबन्दी गर्ने । ३. कालोसुचीमा परेका विद्यालयहरुको तालाबन्दी सकिएपछि प्याब्सन अध्यक्ष तथा नगर अध्यक्षको विद्यालयमा तालाबन्दी गर्दै थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*