हेटौंडामा बढ्दै कोरोना संक्रमणः आइतबार मात्रै २४ जना संक्रमित

बाइलाइन नेपाल
१४ भाद्र २०७७, आईतवार २१:१३
फाइल तस्वीर

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा कोरोना भाइरस फैलने क्रम जारी रहेको छ । मकवानपुर जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । यसले गर्दा जिल्लाका अन्य स्थानीय तहमा संक्रमित कम हुँदै गएपनि हेटौडा नगरपालिका भित्र भने अवस्था उस्तै रहेको छ ।

आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा हेटौंडाले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइतबार मात्र हेटौंडा उपमहानगरपालिका भित्र २४ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार दिउँसो सार्वजनिक गरेको रिपोर्ट अनुसार संक्रमित हुनेमा ८ जना पुरुष र ६ जना महिला रहेका छन् ।

यस्तै आइतबार राती जारी रिपोर्टमा हेटौंडा उपमहानगरपालिकामा १० जना र बाहिरी जिल्लाका ३ सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिका–१९ का ८ जनामा कोरोना संक्रमणाको पुष्टि भएको छ । यसैगरी हेटौंडा–५ र १७ मा एकएक जनामा कोरोना देखा परेको छ । अन्य ३ जना हेटौंडा बस्ने तर स्थायी घर अन्यत्र भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*