हेटौंडामा आज फेरि थपिए १० जना संक्रमित, १९ नम्बर वडामा मात्र ८ जना

बाइलाइन नेपाल
१४ भाद्र २०७७, आईतवार २०:५१

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज फेरि कोरोना संक्रमित थपिएका छन् । आइतबार राती आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा हेटौंडाले जारी गरेको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकामा १० जना र बाहिरी जिल्लाका ३ सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राती सार्वजनिक रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिका–१९ का ८ जनामा कोरोना संक्रमणाको पुष्टि भएको छ । यसैगरी हेटौंडा–५ र १७ मा एकएक जनामा कोरोना देखा परेको छ । अन्य ३ जना हेटौंडा बस्ने तर स्थायी घर अन्यत्र भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*