कोरोना संक्रमणः हेटौंडामा आज थपिए १४ संक्रमित

बाइलाइन नेपाल
१४ भाद्र २०७७, आईतवार १६:२३

हेटौंडा । वाग्मती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा हेटौंडाले आइतबार सार्वजनिक गरेको रिपोर्टमा हेटौंडा उपमहानगरपालिका भित्र १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

भदौ १२ गते संकलन गरिएको २९९ जनाको संकलन गरिएको स्वाब परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए । सार्वजनिक रिपोर्ट अनुसार संक्रमित हुनेमा ८ जना पुरुष र ६ जना महिला रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*