भीमफेदी गाउँपालिकाले सञ्चालनमा ल्यायो आईसोलेसन

बाइलाइन नेपाल
१३ भाद्र २०७७, शनिबार २१:१६

हेटौंडा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भीमफेदी गाउँपालिका कार्यालयले गाउँपालिकामै आइसोलेसन सञ्चालनमा ल्याएको छ । भीमफेदी बजारमा रहेको महेन्द्र माविमा आइसोलेसन निर्मण गरेर गाउँपालिकाले सञ्चालनमा ल्याएको हो ।

अहिले आइसोलेसनमा १० जनासम्म कोरोना संक्रमितलाई राख्न सकिने गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । यसअघि विद्यालयमा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको थियो । अहिले क्वारेन्टाइनलाई भीमफेदीकै भीमआधार कम्युनिटी विद्यालयमा व्यवस्थापन गरिएको लामाले बताए । अब गाउँपालिकावासी कोरोना संक्रमति भएमा राखेर उपचार गर्न सकिने जनाइएको छ । भीमफेदी गाउँपालिकामा हालसम्म १५ जना कोरोना संक्रमित भइसकेको छ ।

यसैबीच, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रले पहिलो पटक बिमारी लाई रक्त सेवा प्रदान गरेको छ। डा. प्रबिण पाठक लगायत स्वास्थ्यकर्मीको संयुक्त प्रयासमा सो सेवा पहिलो पटक संञ्चलनमा आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*