मकवानपुरमा ९ जना संक्रमित थपिए

बाइलाइन नेपाल
१३ भाद्र २०७७, शनिबार १७:३४

हेटौंडा । मकवानपुर जिल्लामा आज थप ९ जानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा ८ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । एक जना मकवानपुरमा कामको शिलशिलामा बस्दै आएका जिल्ला बाहिरका रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

भदौ ९,१० र ११ गते संकलन गरिएको २९९ स्वाब परीक्षण गर्दा ९ जनामा मात्र कोरोना देखा परेको जनाइएको छ । जसमा ६ जना पुरुष र ३ जना महिला रहेका छन् । हेटौंडा बाहेक राक्सिराङ गाउँपालिकाका एक जना रहेको चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*