तलब नदिए पढाउन सक्दैनौः निजी विद्यालयका शिक्षक

बाइलाइन नेपाल
१३ भाद्र २०७७, शनिबार १४:४८
फाइल तस्वीर

हेटौंडा । प्याब्सन मकवानपुरले अभिभावकबाट मासिक शुल्क नउठेकाले भदौबाट शिक्षक कर्मचारीलाई तलब दिन नसक्ने भनेकै दिन निजी विद्यालयका शिक्षकले तलब नदिए पढाउन नसक्ने बताएका छन् । शनिबार प्याब्सन मकवानपुर र नगरकार्य समितिले शुल्क नउठ्दा आर्थिक भार थेग्न नसकेको भन्दै भदौबाट तलब नदिने भन्दै विज्ञप्ती जारी गरेको थियो ।

निजी विद्यालयहरुको संस्था इष्टु मकवानपुरको समस्या समाधान तथा सम्बाद समितिका एसके निधनले विज्ञप्ती माथि आपत्ती जनाउँदै भदौ उप्रान्त तलब शुन्य रहनेगरी सेवाभावले पठनपाठनमा निरन्तरता दिन शिक्षकहरु तयार नरहेको स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमा प्याब्सनको विज्ञप्ती माथि लामो असहमती लेख्दै विज्ञप्ती तत्काल फिर्ता नलिए आन्दोलनका चरणमा उत्रने चेतावनी दिइएको छ ।

उनले लेखेका छन् –‘२०७६ सालको बक्यौता तलब सुबिधा तत्काल निकासी र २०७७ साल भदौ सम्मको सम्पूर्ण शिक्षक कर्मचारीको तलब सुबिधा भुक्तानी बारे स्पस्ट सुनिश्चिता नगरिकन भदौ उप्रान्त भनिने कुनै पनि निर्णय मान्य हुनेछैन । वैकल्पिक शिक्षणविधि अपनाएका स्कुलमा कार्यरत शिक्षक कर्मचारी निरन्तर सेवारत नै हुनुहुन्छ भने जुनजुन स्कुलले बैकल्पिक शिक्षणबिधि अपनाउन सकेनन् त्यहा कार्यरत शिक्षककर्मचारीहरु पनि स्वघोषित बिदामा बस्नुभएको होईन । यसर्थ पुर्वत खाईपाईआएको सेवा सुबिधाको निरन्तरता अपरिहार्य पाटो हो ।’

प्याब्सनको विज्ञप्तीमा गत शैक्षिक सत्रको सबै विद्यालयको शिक्षक कर्मचारीलाई दिने तलब दिइसकेको उल्लेख गरेपनि इष्टुका निधनले भने १४ वटा विद्यालयले २०७६ सालकै तलब भुक्तानी नगरेको प्रमाण सुरक्षित रहेको बताएका छन् । उनले–‘२०७६ सालको बक्यौता तलब सुबिधा तत्काल निकासी र २०७७ साल भदौ सम्मको सम्पूर्ण शिक्षक कर्मचारीको तलब सुबिधा भुक्तानी बारे स्पस्ट सुनिश्चिता गरि प्याब्सन नगर कमिटीले वार्ताको उपयुक्त ग्राउण्ड तयार पारेको अवस्थामा हामी वार्ताको माध्यमबाट निकास खोज्न सधै तयार छौ ।जारि विज्ञप्ती भनिएको जस्तो भदौ उप्रान्त तलब शुन्य रहनेगरी सेवाभावले पठनपाठनमा निरन्तरता दिन हामी किमार्थ तयार छैनौ ।’

प्याब्सनले भने कोरोना संक्रमणको समयमा पनि वैकल्पिक शिक्षण सिकाइ मार्फत् पठनपाठन जारी राख्दा सरकारको निजी विद्यालयले शुल्क लिने ठोस अवधारणा नआउँदा आर्थिक भार परेको भन्दै भदौ देखि शिक्षक कर्मचारीको तलब दिन नसक्ने बताएको छ । मकवानपुरमा यसअघि पनि तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षकहरुले आन्दोलन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*