मकवानपुरमा आज २९ जनामा कोरोना संक्रमण (विवरणसहित)

बाइलाइन नेपाल
१२ भाद्र २०७७, शुक्रबार १४:०३

हेटौंडा । मकवानपुरमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा हेर्टौंडाडाका मात्रै २४ जनामा रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

भदौ ३ गतेको संकलन गरिएको १५८ जनाको स्वाब परीक्षण गर्दा २९ जनामा कोरोना संक्रमण देखा परेको उनले बताए । १५८ जना मध्ये १२९ जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक चौलगाईले जानकारी दिए ।

आजको रिपोर्टमा मनहरी गाउँपालिकाका १ जना रहेका छन् । यस्तै हेटौंडामै बसोवास गर्ने तर स्थायी ठेगाना मकवानपुर बाहिरका ४ जना रहेका छन् । उनिहरुको स्वाब दिएको ९ दिनपछि रिपोर्ट आएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*