जनप्रतिनिधिसँग बुलेटिनले कोभिड–१९ सम्बन्धी अन्तरक्रिया गर्ने

बाइलाइन नेपाल
१२ भाद्र २०७७, शुक्रबार १२:३५

हेटौंडा । रेडियो बुलेटिनले भोली शनिबार अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । बिश्व नै कोभिड १९ ले आक्रान्त पारिरहेको यो बिषम् परिस्थितिमा मकवानपुरमा पनि पछिल्लो केही दिन यता निरन्तर संक्रमण बढिरहेको छ । यसैलाई मध्यनजर गर्दै रेडियो बुलेटिनले मकवानपुरबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यहरु, संघीयसभा सदस्यहरु, वाग्मती प्रदेशसभा सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख र उपप्रमुख, हेटौडा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख, नागरिक समाज, स्वास्थ्य क्षेत्रका ब्यक्तिहरु तथा सुरक्षा निकायका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारीबिच कोभिड १९ ले मकवानपुरमा पारेको प्रभाव र जनप्रतिनिधीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम भच्युअल माध्यमबाट गर्ने भएको छ ।

मकवानपुरबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र सरोकारवाला सबैसग मकवानपुरमा बढिरहेको कोरोनाको जोखिम कसरी कम गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न थालिएको रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिलकुमार खातीले बताए । सबै मिलेर जाने हो भने कोभिड १९ बिरुद्धको लडाई जित्न सकिने तर कसैले पनि यसरी एकै ठाउँमा राखेर सबै जनप्रतिनिधि र सरोकारवाला पक्षसँग छलफल नचलाइरहेकोले आफुहरुले यो कार्यक्रम गर्न थालेको उनको भनाई रहेको छ । कार्यक्रम भोली भाद्र १३ गते शनिबार बिहान ११ बजेबाट जुम एप मार्फत हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*