मकवानपुरका ६१ जना कोरोना संक्रमण मुक्त

बाइलाइन नेपाल
११ भाद्र २०७७, बिहीबार १७:३८

हेटौंडा । मकवानपुरमा आज बिहिबार ६१ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लामा एकै दिन ६१ जना कोरोना मुक्त भएको पहिलो पटक हो । जनस्वस्थ्य निरीक्षक भोला चौलागाईका अनुसार हेटौंडा प्रयोगशाला र धुलिखेलमा परीक्षण गर्दा कोरोना संक्रमणबाट मुक्त भएको रिपोर्ट आएको छ ।

गौरिटार आइसोलेसनमा रहेका संक्रमित मध्ये हेटौंडा प्रयोगशालामा ४९ जना र धुलिखेलमा १२ जनाको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । उनिहरुलाई अब घर डिस्चार्ज गर्ने तयारी भइरहेको जनस्वास्थ्य निरीक्षक चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*