हेटौंडामा फेरि थपिए १७ जना संक्रमित

बाइलाइन नेपाल
११ भाद्र २०७७, बिहीबार १७:१५

हेटौंडा । बिहीबार हेटौंडा उपमहानगरपाकिलामा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । रिपोर्ट अनुसार हेटौंडामा १७ सहित मकवानपुरमा २० जनामा संक्रमण देखा परेको हो । जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले दिएको जानकारी अनुसार संक्रमित हुने मध्ये १२ जना महिला र ८ जना पुरुष रहेका छन् ।

भदौ ६ र ८ गते संकलन गरिएको २ सय स्वाबको परीक्षण गर्दा २० जनामा संक्रमण देखा परेको जनाइएको छ । संक्रमण देखा पर्नेमा हेटौंडा– ४ का ७ जना, ५ मा ४ जना, ११ मा २ जना तथा ६, ८, १० र १५ नम्बर वडामा एकएक जनालाई कोरोना देखिएको छ । यस्तै मनहरी गाउँपालिकामा २ र कैलाशमा एक जनालाई कोरोना पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*