हेटौंडामा ११ सहित १७ जना कोरोना संक्रमित थपिए

बाइलाइन नेपाल
११ भाद्र २०७७, बिहीबार ०९:१२

हेटौंडा । हिजो बुधबारको नतिजा आज बिहिबार बिहान सार्वजनिक गरिए अनुसार हेटौंडामा ११ जनासहित मकवानपुरमा १७ जना कोरोना संक्रमित थपिएका छन् । भदौ ७ गते संकलन गरिएको १०२ जनाको स्वाब परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा १२ जना पुरुष, ५ जना महिला रहेका छन् । जसमध्ये ३ जना प्रहरी र ५ जना थुनुवा रहेका छन् । हिजो मंगलबार मकवानपुरका धुलिखेलको प्रयोगशालाबाट ४५ र हेटौंडाको प्रयोगशालाबाट २० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*