कोरोना त्रासः फेरि थपिए मकवानपुरमा २० संक्रमित

बाइलाइन नेपाल
१० भाद्र २०७७, बुधबार २१:२७

हेटौंडा । मकवानपुरमा कोरोना संक्रमित थपिने क्रम जारी रहेको छ । बुधबार साँझ ४५ जना कोरोना संक्रमित थपिएको मकवानपुरमा अहिले राती आएको नतिजामा थप २० जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

हेटौंडा प्रयोगशालाले बुधबार राती सार्वजनिक गरेको नतिजामा मकवानपुरका २० जनामा कोरोना भएको उल्लेख छ । जसमा हेटौंडा उपमहानगरपालिकाका १२, थाहा नगरपालिकाका ३ र जिल्ला बाहिर स्थायी ठेगाना भएका ५ जना रहेका छन् ।

बुधबार साँझ धुलिखेल प्रयोगशाला पठाइएको १६६ स्वाब परीक्षण गर्दा हेटौंडा उपमहानगरपािलका भित्रका मात्र ४५ जनामा कोरोना पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*