हेटौंडामा एकैदिन ४५ जनालाई कोरोना(वडागत विवरणसहित)

बाइलाइन नेपाल
१० भाद्र २०७७, बुधबार १५:३१

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा आज थप ४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेल स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाईएको स्वाब मध्ये मकवानपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

हेटौंडाबाट परीक्षणका लागि पठाइएको १६६ जनाको स्वाब मध्ये ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ का फोकल पर्सनभोला चौलागाईले जानकारी दिए । हेटौंडा अहिलेसम्म पुष्टि भएका मध्ये आज सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् ।

हेटौंडाको किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्वाब संकलन परीक्षणको चाप बढेपछि धुलिखेल पठाइएको थियो । भदौ ४ र ५ गते संकलन गरिएको स्वाबको नतिजा सार्वजनिक गरिएको चौलागाईले बताए । उनका अनुसार संक्रमित हुने मध्ये २९ जना पुरुष र १६ जना महिल रहेका छन् । हेटौंडा–५ मा मात्र १२ जना संक्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*