कोरोना अपडेटः हेटौंडामा एकैदिन ३३ जनालाई कोरोना

बाइलाइन नेपाल
९ भाद्र २०७७, मंगलवार २०:५२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्ने ३३ जनालाई कोरोना संक्रमण देखा परेको छ । मंगलबार राती सार्वजनिक गरिएको नतिजा अनुसार मकवानपुरमा बसोबास गर्ने ३४ जनालाई कोरोना संक्रमण भएको थियो । ति मध्ये ३३ जना संक्रमित हेटौंडा उपमहानगरपालिका क्षेत्रमै बसोबास गर्ने जनाइएको छ ।

भदौ २ गते संकलन गरिएको स्वाबको नतिजामा संक्रमित देखिएका ३४ मध्ये १४ जना त हेटौंडा उपमहानगरपालिका कार्यालयकै कर्मचारी रहेका छन् । उनिहरु हेटौंडा उपमहानगर भित्रैकै स्थायी बासिन्दा रहेका छन् । कर्रा आइसोलेसनका इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिका १ मा ५ जना २ मा ६ जना, ४ मा ६ जना, ५ मा ५ जना, ६ मा १ जना ९ मा ३ जना, ११ मा २ जना १०, १५ र १६ मा एकएक जना संक्रमित भएको पुष्टि भएको छ ।

यसबाहेक दुई जना प्रहरी पनि संक्रमित भएका छन् । हेटौंडा उपमहानगरपालिका भित्रै कार्यरत प्रहरीको स्थायी ठेगाना बारा र पर्सा जिल्ला रहेको जनाइएको छ । यस्तै मकवानपुरगढी गाउँपालिकाका एक जना संक्रमित रहेका छन् ।

यसअघि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतका चालक र एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ४८ जना कर्मचारीको स्वाब परीक्षण गरिएको थियो । ४८ कर्मचारी स्वाब परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*