हेटौंडा उपमहानगरपालिकाका १४ जना कर्मचारीसहित ३४ लाई कोरोना

बाइलाइन नेपाल
९ भाद्र २०७७, मंगलवार २०:०३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयमा कार्यरत १४ जना कर्मचारीसहित मकवानपुरमा आज ३४ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ । ३४ जना मध्येमा २ जना हेटौंडामा कार्यरत नेपाल प्रहरी रहेकोजनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

यसअघि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतका चालक र एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर आज थप १४ जना कर्मचारीमा कोरोना संक्रमण भएको हो । दुर्इजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि केही कर्मचारीले मात्र कार्यालय सञ्चालन गर्दै आएका थिए ।

मेयर महतका चालकलाई कोरोना संक्रमण भएपछि उपमहानगरपालिकामा कार्यरत ४८ जना कर्मचारीको स्वाब परीक्षण गरिएको थियो । ४८ कर्मचारी स्वाब परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको हो ।

अन्य १८ जना मध्ये १५ जना हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका रहेका छन भने एक जना मकवानपुरगढी गाउँपालिकाका रहेको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*