हेटौंडामा ६४ जनाले गरे रक्तदान

बाइलाइन नेपाल
९ भाद्र २०७७, मंगलवार १५:५०

हेटौंडा। कोरोना भाइरस संक्रमणको कारण रक्तदान नहँदा रगतको अभाव भइरहेको अवस्थामा आज मकवानपुरमा रक्तदान कार्यक्रम भएको छ । पुष्पलाल मित्रता केन्द्र मकवानपुरले रगतको अभाव भएपछि रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

कोरोना भाइरसबाट हुने संक्रमणबाट सुरक्षित रही रक्रसंचार केन्द्र हेटौंडामा भएको कार्यक्रममा र६४ जनाले रक्तदान गरेको आयोजक मित्रता केन्द्रका उपसचिव इश्वर ढुंगानाले जानकारी दिए । केन्द्र मकवानपुरका अध्यक्ष मदन दाहालको अध्यक्षता नेकपा मकवानपुर सचिव तथा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

केन्द्रका केन्द्रीय सदस्य रामकुमार एलन, केन्द्र मकवानपुरका सदस्यहरु खेमराज सापकोटा, गिरिजा अधिकारी लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*