हेटौंडामा भदौ १५ सम्म निषेधाज्ञा

बाइलाइन नेपाल
८ भाद्र २०७७, सोमबार १३:३५

हेटौंडा । मकवानपुर जिल्लाको चार वटा स्थानीय तहमा लागु गरिएको निषेधाज्ञा भदौ १५ गतेसम्मलाई बढाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका, मनहरी , भीमफेदी गाउँपालिका र थाहा नगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो ।

भदौ ९ गते राती १२ बजेसम्मलाई लागु गरिएको निषेधाज्ञाको समयलाई भदौ १५ गतेसम्म जारी राख्ने निर्णय जिल्ला सुरक्षा समितिले गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए । सोमबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिस अनुसार प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको १५ गतेसम्मलाई निरन्तरता दिने भएको छ ।

सरोकारवालासँग छलफल गर्दा निषेधाज्ञालाई कायम राख्न सुझाव आएको र कोरोना संक्रमितको संख्या बढ्दै गएकाले भदौ १५ सम्म कायम राख्ने निर्णय भएको गर्तौलाले जानकारी दिए ।

प्रशासनले सुरुमा गत साउन २६ गतेबाट ३२ गतेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो । साउन ३१ गते प्रशासनले निषेधाज्ञालाई भदौ ९ गतेसम्म लम्ब्याएको थियो । प्रशासनले चारै स्थानीय तहमा निषेधाज्ञालाई निरन्तरता दिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*