हेटौंडामा आज १६ जनालाई कोरोना संक्रमण

बाइलाइन नेपाल
७ भाद्र २०७७, आईतवार १८:०१

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा आज १६ जनालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणको नतिजा अनुसार हेटौंडा भित्र १६ जनालाई संक्रमण देखिएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

उनका अनुसार संक्रमण हुनेमा ९ वर्ष देखि ९३ वर्ष सम्मका रहेका छन् । १६ जना मध्ये वडा नम्बर ५ मा सबैभन्दा धेरै ५ जना संक्रमित फेला परेका छन् । त्यसैगरी वडा नम्बर ४ मा ३ जना, वडा नम्बर ८ मा १ जना, वडा नम्बर ९ मा २ जना, वडा नम्बर १० मा ३ जना र वडा नम्बर ११ मा २ जना रहेको जनस्वास्थ्य निरीक्षक चौलागाईंले बताए । जसमा १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।

आज सार्वजनिक गरिएको नतिजा गत साउन ३२ तथा भदौ १ र २ गते संकलन गरिएको स्वाबको भएको जनाइएको छ । ९३ जनाको स्वाब परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*