मकवानपुरमा आज मात्रै ३० जनालाई संक्रमण, देशभर ६३४ जनालाई

बाइलाइन नेपाल
६ भाद्र २०७७, शनिबार १६:४७

हेटौंडा । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

यसैबीच आज मात्र मकवानपुरमा ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडाको प्रयोगशालामा गरिएको टेष्टमा हेटौंडा उपमहानगरपालिकामा मात्र १२ जना संक्रमितसहित मकवानपुरमा २० जनाको नतिजा पोजेटिभ आएको थियो । जसमा हेटौंडा–१० का ६ जना, हेटौंडा–५ का १ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–९ का १ जना, हेटौंडा–४ का २ जना, हेटौंडा–२ का १ जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

मकवानपुरको मनहरी गाउँपालिकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । मनहरी गाउँपालिका– मा ७ र ८ मा १ जना संक्रमित भएको छ । यस्तै ३ जना मकवानपुरमा कार्यरत प्रहरी रहेको र उनिहरुको घर अन्य जिल्लामा रहेको जनाइएको छ ।

यस्तै चितवनमा गरिएको कोरोना परीषणमा संक्रमण पुष्टि हुनेमा हेटौँडा–६ का ७, ३३,२५ र ३ बालिकासहित ४ महिला र ६ वर्षका १ बालक छन् । त्यसैगरी हेटौँडा–९ लामसुरेका ३० र ६० बर्षीय दुई पुरूष र मनहरीकी ६० बर्षीया एक महिला र ३७ बर्षीय पुरूष र हेटौँडा–३ का २४ बर्षीया एक महिला गरि १० जनामा कोरोना पुष्टि भएको छ । उनीहरुको चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*