८ जना संक्रमित भेटिएपछि मनहरी बजार सिल

बाइलाइन नेपाल
६ भाद्र २०७७, शनिबार १२:३३

हेटौंडा । आज शनिबार सार्वजनिक गरिएको नतिजामा मनहरी गाउँपालिकाका ८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि मनहरी बजार क्षेत्रलाई सिल गरिएको छ । आज भेटिएका ८ जना नै बजार क्षेत्रमा बसोबास गर्ने भएकाले थप संक्रमण फैलिन नदिनका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

बजार क्षेत्रका ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विपद व्यवस्थापन समितिको आकस्मिक बैठकले मनहरीलाई थप संक्रमण बाट जोगाउन बजार क्षेत्र सिल गर्ने निर्णय गरेको अध्यक्ष उप्रेतीले बताए । उनका अनुसार मनहरी बजार पूर्वमनहरी खोला पुल ,पश्चिम ईलाका प्रहरी कार्यालय नजिक रहेको खोल्ची ,दक्षिण उद्योग वाणिज्य संघको कार्यालय र उत्तर आँप खोल्ची क्षेत्रलाई सिल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

उनले सिल गरिएका क्षेत्रका सर्वसाधारणलाई घरबाट ननिस्कन अनुरोध गरेका छन् । अत्यावश्यक परेमा स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायसँग समन्वय गर्न अध्यक्ष उप्रेतीले सबैलाई आग्रह गरेका छन् । अहिले संक्रमितका परिवार र छरछिमेकको स्वाब संकलन तथा स्वास्थ्य परीक्षणको तयारी भइरहेको उनले जानकारी दिए । कोरोना संक्रमण देखिएकाहरुलाई तत्काल मनहरी– ८ मा रहेको आइईसोलेसन वाडमा लैजाने काम भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*