होसियार ! हेटौंडामा दैनिक बढ्दै छन् कोरोना संक्रमित, आज कति थपिए ?

बाइलाइन नेपाल
६ भाद्र २०७७, शनिबार ११:२९
फाइल तस्वीर

हेटौंडा । मकवानपुर जिल्लाका स्थानीय तह मध्ये हेटौंडा उपमहानगरपालिकामा कोरोना भाइरसका संक्रमित बढी भेटिन थालेका छन् । दैनिक सार्वजनिक भइरहेको स्वाबको नतिजामा पनि धेरै संक्रमित हेटौंडा उपमहानगरपालिका भित्रैका सर्वसाधारण रहेका छन् । यसले पनि सर्वसाधारणलाई कोरोनाबाट बच्च होसियार हुनुपर्ने सन्देश दिएको छ ।

आज सार्वजनिक भएको नतिजा अनुसार हेटौंडा उपमहानगरपालिकामा मात्र १२ जना संक्रमित थपिएका छन् । संक्रमति हुनेहरुमा हेटौंडा–१० का ६ जना, हेटौंडा–५ का १ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–९ का १ जना, हेटौंडा–४ का २ जना, हेटौंडा–२ का १ जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । हिजो शुक्रबारको नतिजामा हेटौंडा उपमहानगरपालिका भित्र २८ जनालाई कोरोना भाइरस संक्रमण भएको पुष् िभएको थियो ।

आज हेटौंडा उपमहानगरपालिकामा १२ जनासहित मकवानपुरमा २० जना र अन्य जिल्लाका ३ जनामा रहेको कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए । ३ जना मकवानपुरमा कार्यरत प्रहरी रहेको र उनिहरुको घर अन्य जिल्लामा रहेको जनाइएको छ । मकवानपुरको मनहरी गाउँपालिकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । मनहरी गाउँपालिका– मा ७ र ८ मा १ जना संक्रमित भएको जनाइएको छ । ।

संक्रमित प्रहरीतर्फ भने दुईजना नुवाकोट र एक जनाको बाँके घर भएको चौलागाईले जानकारी दिए । आज सार्वजनिक गरिएको नतिजा गत साउन ३२ गते र भदौ १ गते संकलन गरिएको स्वाबको भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*