आज तपाईंको राशिफल : मेष उत्तम, सिंह राम्रो

बाइलाइन नेपाल
६ भाद्र २०७७, शनिबार ०६:४६

मेष : दिन उत्तम रहनेछ । आटे ताकेको काम बन्नेछ । स्वास्थ्य सबल रहनेछ । अरूबाट सहयोग पाइनेछ । शत्रु परास्त हुनेछन् ।

वृष : दिन अनुकूल नै रहनेछ । कामप्रति जोश जाँगर बढ्नेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । चिन्ताबाट मुक्त भइनेछ ।

मिथुन : दिन प्रतिकूल रहनेछ । कामको लागि सहज वातावरण देखिदैन । कामप्रति सचेत रहनु बेस हुनेछ । मन डराउनसक्नेछ ।

कर्कट : दिन उत्तम रहनेछ । सामाजिक यश मिल्नेछ । नयाँ कामको अवसर पाइनेछ । महŒवपूर्ण काम हात लाग्नेछ ।

सिंह : दिन राम्रो रहनेछ । आय आर्जन बढ्नेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । खानपिनका विशेष परिकार मिल्नेछ ।

कन्या : दिन भाग्योदयकारक रहनेछ । काम गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइतिर ध्यान जानेछ उच्चस्तरीय कार्यव्रmम बन्नेछ ।

तुला : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । अनावश्यक झमेला आइलाग्नेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ ।

वृश्चिक : दिन उत्तम । रहनेछ । काम गर्ने अनुकूल वातावरण बन्नेछ । मनमा सन्तोष मिल्नेछ । आम्दानीको मात्र बढ्नेछ ।

धनु : दिन सार्थक रहनेछ । आटेको काममा सफलता मिल्नेछ । उत्कृष्ट मान सम्मान पाइनेछ । बौद्धिक प्रगति हुनेछ । जाँगर बढ्नेछ ।

मकर : दिन राम्रो रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । दानपुण्य गरिनेछ । मन प्रफुल्ल रहनेछ । स्वास्थ्य तन्दुरुस्त हुनेछ ।

कुम्भ : दिन प्रतिकूल रहनेछ । मुख्य काममा व्यवधान आउन सक्छ । ठूलो योजनाको काम नगर्नु नै बेस हुनेछ । खर्चको मात्रा बढ्नेछ ।

मीन : दिन अत्युत्तम खालको रहनेछ । शनिबार पारिवारिक सहयोग प्राप्त हुनेछ । मनोरञ्जन गरिनेछ । यात्रा सहज रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*