कांग्रेस नेता पराजुली र क्याम्पस प्रमुख उपाध्यायलाई कोरोना संक्रमण

बाइलाइन नेपाल
५ भाद्र २०७७, शुक्रबार २१:२०

हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुली र मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शंकर उपाध्यायलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । पराजुली र उपाध्यय दुवैले सामाजिक सञ्जाल फेसबुक मार्फत् आफुलाई कोरोनो भाइरसको संक्रमण भएको जानकारी दिएका हुन् ।

हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सभापति पराजुली र उपाध्यायलाई कोरोना पुष्टि भएको जनाइएको छ ।

नगरसभापति पराजुलीले लामो सन्देश फेसबुकमा लेख्दै आफुलाई कोरोना संक्रमण देखा परेकाले सम्पर्कमा आएका साथीभाइ तथा इष्टमित्रलाई सजग हुन अनुरोध गरेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य नै रहेको जानकारी दिंदै सबैको सकारात्मक प्रयास भएमा कोरोनालाई सहजै पराजित गर्न सकिने विश्वास व्यक्त गरेका छन् । जसका लागि समाजले समेत सकारात्मक विचार र हौसला आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

त्यस्तै मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख उपाध्यायले पनि आफ्नो सम्पर्कमा आएकाहरुलाई सजग हुन र परीक्षण गर्न आग्रह गरेका छन् । क्याम्पस प्रमुख उपाध्यायले पनि आफु स्वस्थ्य रहेको जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*