उपमहानगरपालिका र रेडियो बुलेटिनको भर्जुअल तीज बिशेष

बाइलाइन नेपाल
५ भाद्र २०७७, शुक्रबार १७:२८

हेटौंडा । हेटौंडा उपमहानरपालिकाले यस वर्षको तीज विशेष कार्यक्रम भर्जुअल मार्फत रेडियो बुलेटिनसँगको सहकार्यमा गरेको छ। कार्यक्रममा हेटौडा अस्पतालका मेसु डा प्रविण श्रेष्ठले कोभिड १९ का बारेमा बिस्तृत जानकारी दिएका थिए । हेटौडा अस्पतालका डा सन्ध्या अधिकारीले कोभिडको समयमा आहारका बिषयमा जानकारी दिएकी थिइन् । हेटौडा अस्पतालका राजिव झाले मकवानपुरमा हालसम्मको कोभिड १९ को संक्रमितहरुको बिवरण बो जानकारी दिएका थिए ।

कार्यक्रममा वाग्मती प्रदेश सभासदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ तथा शोभा शाक्य, समाबेशी आयोगका कार्यबाहक अध्यक्ष बिष्णु ओझा, जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनी, काङ्ग्रेस नेतृ इन्दिरा न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रदेश सभासदस्य मुनु सिग्देलले कोरोनाको कहरमा पनि आइसेलेसनलाई व्यस्थित बनाउन नसकेको स्वीकार्दै सबै मिलेर सुधार्नु पर्ने बताइन् । यस्तै अर्का प्रदेश सभासदस्य जुनेली श्रेष्ठले सरकारले काम गरिरहेको तर समन्वयको अभाव देखिएको उल्लेख गरिन् । सभासद शोभा शाक्यले सबै मिलेर मात्रै समस्याको हल गर्न सकिने बताउदै सकारात्मक सोचका साथ अघि बढ्न सबैलाई आग्रह गरिन् ।

यसैगरी राष्ट्रिय समाबेशी आयोगका कार्यबाहक अध्यक्ष बिष्णु ओझाले कोरोना कहरमा पनि यस्तो कार्यक्रम हुनु आफैमा राम्रो भएको बताउँदै यस्ता गतिविधिले समाजलाई नयाँ हिसाबले सोच्न बाध्य पारेको उल्लेख गरिन् । कार्यक्रमको सभाध्यक्षता गर्दै हेटौडा उपमहानरपालिकाका उपप्रमुख मिनाकुमारी लामाले दिनदिनै कोरोना संक्रमितहरुको संख्या बढिरहेको यो अबस्थामा सबैले सहयोग गरे मात्रै आइसोलेसन तथा क्वारेन्टाइनहरुको ब्यबस्थापन हुने बताइन् । साथै उनले स्थानीय सरकार तथा प्रदेश सरकार सबैको सहयोगमा काम भइरहेको र सबै मिलेर नै यो कोरोना भाइरस बिरुद्धको लडाईमा जित हासिल हुने उल्लेख गरिन् ।

हेटौडामा– ५ बाट सञ्चालन भइरहेको रेडियो बुलेटिनले हरेक समय समाजसँग जोडिएर कार्यक्रम गर्दै जाने अभियान अन्तरगत यो कार्यक्रम पनि हेटौडा उपमहानगरपालिकासग मिलेर गरिएको रेडियोका प्रबन्ध निर्देशक अनिलकुमार खातिले बताए कार्यक्रमको सहजीकरण मसान उपासकले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*