हेटौंडामा २८ सहित मकवानपुरमा ३० जनालाई कोरोना संक्रमण

बाइलाइन नेपाल
५ भाद्र २०७७, शुक्रबार १४:०६

हेटौंडा । आज शुक्रबार जारी गरिएको नतिजा अनुसार मकवानपुरमा ३० जनालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले सार्वजनिक गरेको नतिजा अनुसार हेटौंडा उपमहानगरपाकिलामा २८ जना सहित मकवानपुर जिल्ला भित्र ३० जनामा संक्रमण देखिएको हो । दुई जना संक्रमित थाहा नगरपालिकाका रहेका छन् ।

गत साउन ३२ गते संकलन गरिएको ८२ जनाको स्वाब परीक्षण गर्दा ३० जनामा संक्रमण देखा परेको चौलागाईले जानकारी दिए । भदौ १ गतेदेखि ५ गतेसम्म संकलन गरिएका ७११ जनाको स्वाबको नतिजा आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*