भीमफेदी गाउँपालिकामा पनि निषेधाज्ञा जारी

बाइलाइन नेपाल
४ भाद्र २०७७, बिहीबार १८:१६

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सुरक्षा समितिको बैठकले भीमफेदी गाउँपालिकामा पनि निषेधाज्ञा जारी गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भीमफेदी गाउँपालिकाको गाउँकार्य पालिकाको बैठकले निषेधाज्ञाका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।

प्रशासनले बिहीबार राती १२ बजेबाट भदौ ९ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । अब भीमफेदीमा पनि ढुवानी र अत्यावश्यक सवारिका साधनमात्र सञ्चालन हुने भएका छन् । अनावश्यक हिँडुल तथा आवतजावतमा पनि रोक लगाइएको छ । खाद्यान्नलगायतका सामान खरिदबिक्रीका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र समय दिइएको छ ।

यसअघि हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा पनि ९ गतेसम्म निषेधाज्ञा गरिएको थियो । इन्द्रसरोवर गाउँपालिकाले भने आफै भदौ १२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*