कोरोना त्रासः अब भीमफेदी गाउँपालिकामा पनि निषेधाज्ञा

बाइलाइन नेपाल
४ भाद्र २०७७, बिहीबार १७:३०

हेटौंडा । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भीमफेदी गाउँपालिकाले पनि निषेधाज्ञाका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । गाउँपालिकामा कोरोना संक्रमितको संख्या देखा पर्न थालेपछि प्रशासनलाई निषेधाज्ञाका लागि पत्रचार गरेको हो ।

गाउँपालिकाले आज बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी भदौ ९ गतेसम्मलाई निषेधाज्ञाका लागि गाउँ कार्यपालिका बैठकले निर्णय गरेर पत्राचार गरेको अध्यक्ष हिदम लामाले जानकारी दिए । गाउँपालिकामा संक्रमित देखापरेकाले यसको रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गर्नुपर्ने आवश्यक देखिएको अध्यक्ष लामाले बताए ।

सम्भवत जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीमफेदी गाउँपालिकामा आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने छ । आजै बस्ने जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारुी गर्न सक्ने जनाइएको छ ।

यसअघि हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र मनहरी गाउँपालिकामा पनि ९ गतेसम्म निषेधाज्ञा गरिएको थियो । इन्द्रसरोवर गाउँपालिकाले भने आफै भदौ १२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*