चाडपर्वमा धार्मिक स्थल नजानू, घर भित्रै मनाउनूः जिल्ला प्रशासन मकवानपुर

बाइलाइन नेपाल
४ भाद्र २०७७, बिहीबार १३:५३

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्वमा धार्मिकस्थलमा नजान जिल्लावासीलाई आग्रह गरेको छ । कोरोना भाइरसका कारण जिल्लाका केही स्थानमा निषेधाज्ञा जारी भएको अवस्थामा चाडपर्वमा धार्मिक स्थल नजान प्रशासनले आग्रह गरेको छ ।

आज प्रशासनले जारी गरेको सूचनामा यसवर्षको चाडपर्वहरु नजिकिंदै गएको सन्दर्भमा धार्मिक स्थलहरुमा दैनिक नित्य पूजा बाहेक अन्य अगिविधि नगर्न भनेको छ । प्रशासन कार्यालयका प्रशासकिय अधिकृत देवचन्द्र गर्तौलाद्वारा जारी सूचनामा चाडपर्वमा मठ, मन्दिरमा नजान भनिएको छ । कोरोना संक्रमणको अवस्थामा चाडपर्वहरु घर भित्रै मनाउन प्रशासनले आग्रह गरेको छ ।

यसबाहेक अनावश्यक रुपमा घर बाहिर निस्कने, आवतजावत गर्ने तथा भेला गर्ने काम पनि नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपाकिला र थाहा नगरपालिकामा गरिएको निषेधाज्ञा प्रभावकारी भएको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*