उपमहानगरपालिकाले रेडियो बुलेटिनसँगको सहकार्यमा तीज विशेष कार्यक्रम गर्ने

बाइलाइन नेपाल
४ भाद्र २०७७, बिहीबार ११:३५
फाइल तस्वीर

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानरपालिकाले यस वर्षको तीज विशेष कार्यक्रम भर्जुअल मार्फत् रेडियो बुलेटिनसँग मिलेर गर्ने भएको छ। कोरोना भाइरस (कोभिड १९) ले आक्रान्त पारेको कारण जुमएप मार्फत कार्यक्रम गर्न थालिएको हो ।

कार्यक्रममा हेटौडा अस्पतालका मेसु डा. प्रविण श्रेष्ठ र हेटौडा अस्पतालका डा. सन्ध्या अधिकारीले कोभिड १९ का बारेमा सचेतनामूलक कार्यपत्र पेश गर्ने रेडियो बुलेटिनका प्रबन्ध निर्देशक अनिल कुमार खातीले जानकारी दिए । ।

हेटौडा उपमहानरपालिकाका उपप्रमुख मिनाकुमारी लामाले कोरोना भाइरस संक्रमण बढिरहेको कारण हरितालिका तीज अहिलेको परिवेशमा जमघट गरेर मनाउन नसकिने बताइन् । उनले सम्पूर्ण नगरवासी महिला दिदीबहिनीहरुसँग मिलेर भर्जुअल रुपमा भए पनि शुभकामना आदनप्रदान गर्ने र कोभिड १९ को जोखिम एवम् आहारविहार सम्बन्धि जनचेतना फैलाउने उदेश्यले तीज विशेष कार्यक्रमको आयोजना गर्न लागेको बताइन् ।

भर्जुअल तीज विशेष कार्यक्रम यही भाद्र ५ गते बिहान सार्ढ दशबाट सुरु हुने जनाइएको छ । कार्यक्रम रेडियो बुलेटिनबाट पनि प्रत्यक्ष प्रशारण हुने रेडियो बुलेटिनका प्रबन्ध निर्देशक खातीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*