मकवानपुरमा एकैदिन कोरोनाका कारण दुई जनाको ज्यान गयो

बाइलाइन नेपाल
३ भाद्र २०७७, बुधबार १८:४३

हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गएको छ । मकवानपुरमै पहिलो पटक कोरोनाका कारण दुई जनाले ज्यान गुमाएका हुन् । हेटौंडा उपमहानगरपालिका –१९  की कोरोना संक्रमित महिलाको मृत्यु भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

लामो समय देखि क्यान्सर रोगबाट पीडित महिलाको भरतपुरमा स्वाब दिएर घरमा ल्याइएको थियो । उनको हिजो मृत्यु भएपनि आज प्राप्त रिपोर्ट कोरोना पुष्टि भएको हो ।

आजै हेटौंडा– १ जरुवा टोलका ६१ वर्षका एक पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको थियो । मंगलबार स्वाब दिएका उनको राती नै मृत्यु भएपछि बुधबार बिहान हेटौंडाको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*