मेयर हरिबहादुर महतका चालकलाई कोरोना

बाइलाइन नेपाल
३ भाद्र २०७७, बुधबार १८:३६

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतका सवारी चालकलाई कोरोना संक्रमण भएको छ। आज सार्वजनिक भएको २३ जना मध्ये एकजना संक्रमित मेयरका चालक रहेको जनाइएको छ । हेटौंडा उपमहानगरपालिका– १ निवासी ३८ बर्षीय चालकलाई गतशुक्रबारबाट ज्वरो आएका कारण कार्यालय आउन सकेका थिएनन् ।

शनिबार कोरोना परीक्षणको लागि स्वाब दिएका चालकको आज प्राप्त रिपोर्टमा कोरोना पुष्टि भएको हो । उनी अहिले होम आइसोलेसनमानैरहेका छन् । मेयरका चालकमा संक्रमण भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाइले पुष्टि गरे । सवारी चालकमा संक्रमण पुष्टि भएपछि मेयर महत समेत सुरक्षित रुपमा बस्न थालेका छन् । चालकलाई ज्वरो आउने वित्तिकै मेयर महतले बिदा दिएको जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*