आज हेटौंडामा २० जनालाई कोरोना संक्रमण (विवरणसहित)

बाइलाइन नेपाल
३ भाद्र २०७७, बुधबार १३:५१

हेटौंडा । हेटौंडामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज बुधबार सार्वजनिक गरिएको नतिजा अनुसार हेटौंडा उपमहानगरपालिका भित्र २० जना र भीमफेदी गाउँपालिकाका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

२०७७ साउन ३१ गते संकलन गरिएको स्वाबको नतिजा आज आएको चौलागाईले बताए । उनका अनुसार हेटौंडा– १ मा ४ जना, हेटौंडा–३ मा ३ जना हेटौंडा–४ मा ७ जना, हेटौंडा–५ मा २ जना हेटौंडा–७ मा १ जना, हेटौंडा– ९ मा २ र हेटौंडा–१० मा एक जनालाई कोरोना संक्रमण देखा परेको छ । यस्तै भीमफेदीका ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

एकसय ३५ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*