हेटौंडामा कोरोनाका कारण एक जनाको मृत्यु

बाइलाइन नेपाल
३ भाद्र २०७७, बुधबार १२:५८
फाइल तस्वीर

हेटौंडा । कोरोना संक्रमणको कारण हेटौंडामा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मकवानपुरमै पहिलो पटक हेटौंडाको चौकिटोल निवासी एक जना कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ ।

चौकिटोल निवासी ६१ वर्षका पुरुषको मृत्यु भएको पुष्टि भएको हो । हिजो मंगलबार स्वाब दिएका उनको राती नै मृत्यु भएको थियो । मृत्यु भएपछि बिहान उक्त स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

केही दिनदेखि ज्वरो आएपछि उनले मंगलबार परीक्षणका लागि स्वाब दिएका थिए । तर नतिजा नआउँदै उनको मृत्यु भएपछि आज बिहानै स्वाब परीक्षण गरिएको र पोजेटिभ आएको उनले बताए । उनलाई कोरोना संक्रमणको स्रोतका बारेमा अनुसन्धान भइरहेको चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*