थाहा नगरपालिकालाई च्वाइस नेपालले दियो एक हजार थान भिटिएम

राजकुमार केसी
२ भाद्र २०७७, मंगलवार १६:१५

पालुङ । मकवानपुरको थाहा नगरपालिकालाई एक हजार थान भिटिएम सहयोग भएको छ । च्वाइस नेपालले थाहा नगरलाइ १ हजार थान भिटिमएम उपलब्ध गराएको हो । डोटेरा हिलिङ ह्याण्ड्स र डोटेरा को–इम्प्याक्टको सहयोगमा च्वाइस नेपालले एक हजार थान भिटिएम प्राप्त भएपछि अब थाहा नगरपालिकामा कोरोना परीक्षणको दायरा बढाउन सहज भएको छ ।

नगरमा हाल तीन सय थानमात्र भिटिएम बाँकी रहेको अवस्थामा च्वाइस नेपालमार्फत प्राप्त भिटिएमले थाहामा समुदाय स्तरमा पिसिआर परीक्षण गर्न सहज भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । नगरपालिकाले अग्रपंक्तिमा रहेर कार्य गर्ने ८सय जनाको हाराहारीमा पिसिआर परीक्षण गर्ने निर्णय गरिसकेको छ । कोरोना संक्रमण भए नभएको बारे पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न भिटिएम प्रयोग हुन्छ ।

च्वाइसले थाहा नगरपालिकालाई एक हजार थान भिटिएमसहित ५ हजार थान सर्जिकल मास्क, ३ सय एनके ९५ मास्क, ५० थान पिपिई सेट लगायत सामग्री उपलब्ध गराएको छ । उक्त सामग्री पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुवोध चापागाईंले च्वाइस नेपालको कार्यालय बानेश्वरबाट बुझ्नु भएको हो ।

थानगरको बिकासमा सहयोग गर्दै आएको च्वाइस नेपालले बिश्वब्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि सहयोग गर्न पाएकोमा च्वाइस नेपालका राष्ट्रिय कार्यकारी निर्देशक प्रतिक शर्माले खुशी व्यक्त गरे थाहा नगरमा च्वाइस नेपालले खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*