गौरिटार आइसोलेसनका संक्रमितलाई अण्डा र मासु निःशुल्क

बाइलाइन नेपाल
२ भाद्र २०७७, मंगलवार १५:५७

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको गौरिटारमा रहेको रंगशालामा सञ्चालनमा ल्याइएको आइसोलेसनका लागि मकवानपुर कुखुरा व्यवसायी संघले सहयोग गरेको छ । आइसारेलेसनमा रहेका कोरोना संक्रमितका लागि संघले एक महिनाका लागि अण्डा र मासु निःशुल्क उपलब्ध गराएका हुन् ।

संघका अध्यक्ष राजु अधिकारी, महासचिव प्रतिमा श्रेष्ठसहितको टोलीले मंगलबार आइसोलेसनमा पुगि त्यहा रहेका बिमारीका लागि प्रति दिन दुई वटा अण्डाका दरले एक महिनासम्म र हप्ताको दुई दिन कुखुराको मासु खुवाउने जनाएको छ । सं्रघले अण्डा मासुको साथै पोलिथिंङ ब्याग ,बाल्टिन, कोलिन, टुथपेस, ब्रश, चप्पललगायतका सामान पनि आइसोलेसनलाई उपलब्ध गराएको छ ।

अण्डा र अन्य सामान संघले हेटौंडा उपमहानगरपालिका–६ का वडा अध्यक्ष अर्जुन चौलागाई मार्फत् आइसोलेसनलाई हस्तान्तरण गरेका छन् । कुखुराको अण्डा तथा मासुमा पौष्टिक तत्व हुने र रोगसँग लड्ने क्षमता बढ्ने भएकाले सहयोग गरेको अध्यक्ष अधिकारीले बताए । जिल्लामा रहेका कुखुरा व्यवसायी सप्लायर्ससँग समन्वय गरि अण्डा र मासु उपलब्ध गराइएको महासचिव श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार संघले बिमरीका लागि एकलाख ५५ हजार बराबरको सहयोग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*